अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४२ | Colorodo: 07:57

जि २० मा एयुलाई सदस्य बनाउनु सही छ : इजिप्ट राष्ट्रपति

बिआरटीनेपाल २०८० भदौ २४ गते ६:५५ मा प्रकाशित

इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले अफ्रिकन युनियन (एयु) लाई जि २० को समूहमा पूर्ण सदस्यको रुपमा समावेश गर्नु स्वागतयोग्य भएको बताउनुभएको छ ।उहाँले जि २० मा समावेश गराउने कदम सही दिशामा रहेको र यसले अन्तर्राष्ट्रिय एजेण्डामा अफ्रिकी महाद्विपका प्राथमिकता राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

भारतको नयाँ दिल्लीमा चलिरहेको जि २० शिखर सम्मेलन स्थल नजिकै आयोजित अफ्रिका—युरोप मिनि शिखर सम्मेलनको क्रममा सिसीले यस्तो बताउनुभयो । मिनि शिखर सम्मेलनको क्रममा अफ्रिकी र युरोपेली नेताहरुले उनीहरुको साझेदारीलाई बढावा दिन र पारस्परिक हीत र लाभहरु हासिल गर्न निरन्तर समन्वय र सहकार्यमा जोड दिए । शनिबार जि २० सदस्यहरुले एयुलाई जि २० सदस्य बनाउन सहमत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू