अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४ | Colorodo: 20:09

मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्न सबै राजनीतिक दल एकतावद्ध हुनुपर्छ : देवेन्द्र पौडेल

बिआरटीनेपाल २०८० भदौ २१ गते ५:१८ मा प्रकाशित

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) सांसद एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले मुलुकमा बढ्दो अराजकतालाई निषेध गर्नका लागि सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति निन्दा गर्दै उहाँले सामाजिक सञ्जालमा प्रचार गर्दै मुलुकमा अराजकता मच्चाउने खालका गतिविधि नियन्त्रण गर्नका लागि सबै राजनीतिक दल, नागरिक समाज, पत्रकारसहितलाई एकतावद्ध भएर अघि बढन आग्रह गर्नुभएको हो ।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले मुलुकमा बढ्दो अराजकतालाई अन्त्य गर्न लागि नपर्ने हो भने कुनैपनि बेला असुरक्षाको स्थिति भोग्नुपर्ने अवस्था आउनेतर्फ उहाँले सरकार र राजनीतिक दलहरुलाई सचेत गराउनुभयो । सांसद पौडेलले सहमहामन्त्री यादवको सांघातिक आक्रमणमा संलग्न व्यक्तिको पछाडि कुनै शक्ति भए त्यसलाई पनि कानूनी दायरामा ल्याउन सरकारलाई दबाब दिनुभयो । सांसद पौडेलले पाँच वर्षीया बालिकाको उपचार नपाएर कान्ति बाल अस्पतालमा मृत्यु भएको खबरप्रति दुःख व्यक्त गर्दै सो अस्पतालको सुधार गर्न पनि सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू