अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

लम्पी स्किन पीडित किसानलाई राहत दिने काममा ढिलाई हुँदैन : कृषिमन्त्री भुसाल

बिआरटीनेपाल २०८० भदौ २१ गते ५:०८ मा प्रकाशित

कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले लम्पी स्किन रोगबाट पीडित किसानलाई राहत दिने काममा ढिलाई नहुने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयको प्रश्नोत्तर कार्यक्रममा बोल्दै मन्त्री भुसालले सोसम्बन्धि मापदण्डमा अर्थ र गृह मन्त्रालयले सहमति दिने बित्तिकै पीडित किसानलाई राहत वितरण गर्ने बताउनुभएको हो । उहाँले कृषि अनुदान दुरुपयोग हुन नदिनेगरी सरकारले कार्यविधिमा परिमार्जन गरिरहेको समेत जानकारी दिनुभयो ।

मन्त्री भुसालले स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि विस्तृत अध्ययनको काम सुरु भएको र त्यसबाट आउने सुझावको आधारमा सो सम्बन्धि कार्यलाई अघि बढाउने योजनामा सरकार रहेको बताउनुभयो । मन्त्री भुसालले धानको आयात क्रमशः घटाउँदै लैजान सरकार लागि परेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय