अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०६ | Colorodo: 09:21

अमेरिकी संसद भवनमा आक्रमण गर्नेमाथि २२ वर्षको जेल सजाय

बिआरटीनेपाल २०८० भदौ २० गते ५:११ मा प्रकाशित

अमेरिकाको संसद भवनमा भएको आक्रमण र दंगाकाका मुख्य योजनाकार मध्येका एक हेनरी एनरिके टारियोलाई २२ वर्षको जेल सजाय सुनाईएको छ । अमेरिकाको वाशिङटन संघीय अदालतले टारियोलाई देशद्रोह, षडयन्त्र र अमेरिकामा गृहयुद्ध फैलाउने खोजेको अभियोगमा दोषी ठहर गर्दै २२ वर्षको जेल सजाय तोकेको हो ।३९ वर्षिय टारियो घटनाका बेला वासिङटनमा नरहेता पनि उक्त दंगाको मुख्य योजनाकारको रुपमा रहेको पुष्टी भएपछी जेल सजायँ दिइएको हो । सन् २०२१ को जनवरी ६ मा भएको क्यापिटल दंगामा टारियोको योजनामा ‘द प्राउड ब्वाइज’ नामको कट्टरबादी समुह बनाई आक्रमण गरिएको खुलेको छ ।

घटननामा ११ सय जना पक्राउ परेका थिए । टारियोले मुद्दाको सुनुवाईको क्रममा सुरक्षाकर्मी र वाशिङटन डीसीका बासिन्दासँग भावुक भई माफी मागेका थिए । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकी राष्ट्रपति निर्वाचनलाई संसदले अनुमोदन गर्ने दिन चुनावी परिणाम उल्टाउन आक्रमण गरेका थिए । अमेरिकी इतिहासमा लोकतन्त्रविरुद्ध गरेको आक्रमणमा यति लामो समयको सजाय दिइएको यो पहिलो पटक हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू