अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:००
| Colorodo: 04:15
नेकपा एसले एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको छ ।सोमबार बसेको पार्टीको सचिवालय बैठकले राजेन्द्र पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।
समितिमा अन्य गंगालाल तुलाधार, जगन्नाथ खतिवडा, गरिमा शाह र एकजना विषय विज्ञ राखिने उहाँले बताउनुभयो । विषय विज्ञ भने तय नभइसकेको खतिवडाको भनाई छ । त्यस्तै, उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्र संघ र चीनमा जानेबारे पार्टीले छलफल गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
