अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 16:36

शेयर बजार सात अंकले बढ्यो, एक अर्ब नौ करोड रुपैयाँको कारोबार

बिआरटीनेपाल २०८० भदौ १८ गते ६:३९ मा प्रकाशित

शेयर बजार आज सामान्य बढेको छ ।हिजो ३० अंकले घटेको शेयर बजार परिसुचक नेप्से आज सात दशमलव शून्य चार अंकले बढेर एक हजार नौ सय ६७ दशमलव ८३ विन्दुमा पुगेको छ ।आज फाइनान्स बाहेक अरु सबै समूहको शेयर सामान्य बढेको छ ।

सबैभन्दा धेरै थ्रि स्टार हाइड्रो र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशत तथा ग्रिन भेन्चर्स कम्पनी, रुरु जलविद्युत्, आशा लघुवित्त र अपर साङ्गे हाइड्रोपावर कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै लिवर्टी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ।

३४ लाख ३२ हजार कित्ता शेयर एक अर्ब नौ करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको पाँच करोड २८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू