अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३५ | Colorodo: 04:50

एमाले लुम्बिनी अधिवेशन : सहमतिको प्रयास जारी, तर सम्भावना न्यून

बिआरटीनेपाल २०८० भदौ १७ गते ७:११ मा प्रकाशित

बुटवलमा जारी नेकपा एमाले लुम्बिनीको प्रथम अधिवेशन नयाँ नेतृत्व चयनमा गएर अड्किएको छ । अध्यक्षका आकांक्षी पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजालले नेतृत्वको दाबी नछाडेपछि चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढेको हो ।पार्टी अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रलाई सम्बोधन गर्दै सहमति गर्न आग्रह गरेको भए पनि कँडेल र रिजालले एक आपसमा सहमति गर्न नमानेपछि निर्वाचन सम्भावना देखिएको हो ।एमाले पोलिटब्यूरो सदस्य सूर्य थापाले अझै सहमतिको प्रयास गरिने त्यसछि निर्वाचनको प्रक्रिया अघि बढने बताउनुभयो । ‘प्रतिवेदनहरू पारित भए अब खाना खाने तयारीमा प्रतिनिधिहरू हुनुहुन्छ’ थापाले भन्नुभयो, ‘अव सहमति र निर्वाचनका प्रक्रिया सँगसँगै अघि बढ्छन । त्यतिबेलासम्म पनि सहमति नभए निर्वाचनबाट नेतृत्व छान्ने प्रक्रियामा जान्छौं ।’

मतदाता अन्तिम नामावली सार्वजनिक भइसकेको छ । तर, मापदण्ड अझै बनाइएको छैन । अध्यक्षका आकांक्षीहरू एक आपसमा सहमत नभएपछि निर्वाचनमा जाने अवस्था आएको र दुवैले प्यानल नै बनाएर निर्वाचनमा जाने संकेत देखिएको प्रतिनिधिहरू बताउँछन् । लुम्बिनी प्रदेशको यो अधिवेशनमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको शक्तिको लडाइँको रुपमा लिँदा अझ पेचिलो बन्दै गएको छ । पौडेलको साथ कँडेललाई छ भने, पोखरेलको साथ रिजाललाई छ । योसँगै पार्टीका केन्द्रिय पदाधिकारी र सदस्यहरू समेत दुई भागमा विभाजित भएको देखिन्छ । महाधिवेशन प्रतिनिधिहरू समेत नेताहरू जस्तै दुई भागमा विभाजित देखिएका छन् । दुवै टिमले समूहरसमूहमा छलफल गर्न थालेका छन् ।अधिवेशनले ५ जना पदाधिकारीसहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय