अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

दाङमा तेल मिलमा आगलागी हुँदा करोडौंको क्षति

बिआरटीनेपाल २०८० भदौ १६ गते ५:५९ मा प्रकाशित

दाङको तुलसीपुरमा रहेको गणपति तेल मिलमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । शनिबार बिहान करिब १ बजेको समयमा तेल मिलमा आगो लागेको थियो । आगलागीबाट २ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिए पनि एकिन हुन सकेको छैन ।

आगलागीको जानकारी पाए लगत्तै स्थानीय र आसपासका पानी टयाङ्करले आगो नियन्त्रणको प्रयास गरेका थिए । दमकल ढिलो गरी आउँदा आगो नियन्त्रणमा केही समस्या देखिएको थियो । स्थानीय पानी ट्याङ्कर, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमकलको सहयोगमा झन्डै करिब ३ घण्टपछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको थियो ।

तेल मिलको रुपमा यस क्षेत्रमा सबैभन्दा पहिला स्थापना भएको मिल गणपति मिल हो । आगलागीको कारण भने अझै खुल्न सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय