अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२३ | Colorodo: 11:38

ट्वीटरबाट भिडियो र अडियो कल गर्न मिल्ने

बिआरटीनेपाल २०८० भदौ १४ गते ४:१३ मा प्रकाशित

ट्वीटरबाट अब भिडियो र अडियो कल समेत गर्न मिल्ने भएको छ । ट्वीटरका संचालक एलन मस्कले सामाजिक सञ्जाल एक्स अर्थात ट्वीटरमा छिट्टै भिडियो र अडियो कल सुविधा समेत उपलब्ध गराउने तयारी भइरहेको जानकारी गराएका छन् ।  मस्कका अनुसार भिडियो र अडियो कल सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा उपलब्ध हुनेछ । ‘एक्समा चाँडै नै अडियो र भिडियो कलको फिचर आउँदै छ,’ मस्कले लेखेका छन्, ‘यसले एन्ड्रोइड, आईओएस, एप्पल म्याक र माइक्रो सफ्ट कम्युटरमा काम गर्छ ।’

भिडियो तथा अडियो कलका लागवि कुनै फोन नम्बरको आवश्यकता नपर्ने मस्कको भनाई छ । एक्सले उपलब्ध गराउन लागेको भिडियो तथा अडियो कल गर्ने सुविधा ह्वाट्स एप, फेसबुक म्यासेन्जर, इन्स्टाग्रामजस्ता सञ्जालमा पहिला देखि नै उपलब्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू