अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

चन्द्रमामा अक्सिजन रहेको इसरोको दाबी

बिआरटीनेपाल २०८० भदौ १३ गते २०:१९ मा प्रकाशित

 भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रमामा अक्सिजन रहेको संकेत मिलेको दाबी गरेको छ । भारतले पठाएको चन्द्रयान–३ को प्रज्ञान रोभरले चन्द्रमाको सतहबाट पठाएका तस्वीरहरुको अध्ययन गर्दा अक्सिजन र धेरैखाले खनिज पदार्थको उपस्थिति रहेको संकेत फेला परेको इसरोले जनाएको हो ।

गत साता चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको चन्द्रयान–३ मा रहेको प्रज्ञान रोभरले पठाएका तस्वीरबाट चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिज पदार्थ रहेको देखिएको इसरोका वैज्ञानिकहरुको दाबी छ । चन्द्रमाको सतहमा हाइड्रोजनको खोजी जारी रहेको पनि इसरोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू