अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

एमसिसी खारेज गर्न माग गर्दै चार दलका नेता-कार्यकर्ताहरु सडकमा

बिआरटीनेपाल २०८० भदौ १३ गते १०:१३ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द विप्लवसहित चार कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुले अमेरिकी सहयोग परियोजना एमसिसी कार्यान्वयनको विरोध गर्दै यसको खारेजीको माग गरेका छन्। नेकपासहित चार कम्युनिष्ट पार्टीहरुले एमसिसी कार्यान्वयनको विरोध गरेका हुन्।

विप्लव तथा ऋषि कट्टेल नेतृत्वका दुई नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल गरी चार पार्टीले एमसिसी परियोजना कार्यान्वयनको विरोध गरेका हुन्।बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री प्रकाशशरण महतसँग एमसिसीका उपाध्यक्ष क्यामरुन अल्फ्रोडले एमसिसी कार्यान्वयनसम्बन्धी दस्तावेज आदानप्रदान गरिरहँदा विप्लवसहितका नेता तथा कार्यकर्ताहरु एमसिसीबिरुद्ध सडकमा उत्रिएका हुन्।उनीहरुले एमसिसीको विरोधका क्रममा पक्राउ भएकाहरुको राजीनामा तथा एमसिसीको खारेजीको मागसमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय