अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण

बिआरटीनेपाल २०८० भदौ १३ गते ९:५६ मा प्रकाशित

रुसको उत्तर पश्चिमी सहर पिस्कोभको विमानस्थलमा ड्रोन आक्रमण भएको छ ।आक्रमणबाट विमानस्थलमा आगलागी हुनुका साथै दुई वटा सैन्य विमानमा क्षति पुगेको रुसी सञ्चार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।युक्रेनबाट ६ सय किलोमिटर टाढा इस्टोनियाको सीमा नजिक भएको आक्रमणमा युक्रेनकै हात रहेको आशंका गरिएको छ ।

तर युक्रेनले घटनाबारे केही प्रतिक्रिया जनाएको छैन ।पछिल्ला केही हप्तामा युक्रेनले रुसमा आक्रमण गर्न विस्फोटक ड्रोनको प्रयोग बढाएको अनुमान गरिएको छ । यो आक्रमणपछि रुसले मस्कोमा सुरक्षा व्यवस्था कडा पार्दै भानकोबो विमानस्थलमाथिको आकाशमा उडानमा रोक लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू