अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

अफ्रिकी राष्ट्र ग्याबोनमा सैनिक विद्रोह, राष्ट्रपति नजरबन्दमा

बिआरटीनेपाल २०८० भदौ १३ गते ९:३२ मा प्रकाशित

पश्चिम अफ्रिका अर्को राष्ट्र ग्याबोनमा सैनिक’कु’ भएको छ । मंगलबार राति सेनाले शक्ति हातमा लिएको र राष्ट्रपति अली बोङोई घरमै नजरबन्दमा राखेको जनाइएको छ । त्यहाँको टेलिभिजनामा उनी परिवारका सदस्य र चिकित्सकहरुसँगै रहेको बताइएको छ । उनको एउटा छोरा राष्ट्रद्रोहको अभियोगमा पक्राउ गरिएको छ ।

चार दिनअघि भएको निर्वाचनमा बोङो तेस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । निर्वाचनमा उनले ६४ प्रतिशत मत प्राप्त गरेको घोषणा गरिएको थियो ।सेनाले चुनावी परिणाम रद्द गर्दै अन्तर्राष्ट्रिय सीमा बन्द गरेको र सबै संस्थाहरुलाई विघटन गरेको घोषणा गरेको छ । त्यहाँको टेलिभिजनले कु को समर्थन गर्दै हजारौं मानिस सडकमा निस्केको दृश्य देखाएको छ । अली सन् २००९ मा राष्ट्रपति भएका थिए । सन् १९६७ देखि राष्ट्रपति रहेका ओमारबाट सत्ता प्राप्त गरेका थिए ।

ग्याबोन सन् २०२० यता सैनिक विद्रोह भएका पश्चिम तथा मध्यअफ्रिका आठौं देश हो । यसअघि गत जुलाईमा निजेरमा सैनिक विद्रोह भएको थियो ।बोङोको परिवार ग्याबोनमा ५३ वर्षदेखि सत्तामा रहेको थियो । ग्याबोनमा भएको पछिल्लो घटनाप्रति फ्रान्स, चीन र रुसले चासो व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू