अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

इराकमा सन् २०१६ को बिस्फोटमा संलग्न ३ जनालाई मृत्युदण्ड

बिआरटीनेपाल २०८० भदौ १२ गते ७:५० मा प्रकाशित

इराकमा बम बिस्फोटमा संलग्न ३ जनालाई मृत्युदण्ड दिइएको छ । इराकको राजधानी बग्दादमा सन् २०१६ मा भएको बिस्फोटमा ३ सय बढीको मृत्यु र सयौं घाइते भएको घटनामा दोषी ठहर भएका इस्लामिक अतिबादी संगठन आइएसका ३ जनालाई मृत्युदण्ड दिईएको हो । इराकमा सन् २००३ मा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछीको सो बमबिस्फोट निकै नै घातक भएको ठहर गर्दै सोही घटनामा संलग्न ३ जना तत्काल पक्राउ परेका थिए ।

इराकका प्रधानमन्त्री मोहमद शिया अल सुदानीको कार्यालयले मृत्युदण्ड दिइएकाहरुको नाम भने सार्वजनिक गरिएको छैन ।यद्दपी मृत्युदण्डको सजायँ पाउनेमा आइएसका मुख्य योजनाकारका रुपमा रहेका गजवान अल जबाबी पनि रहेको बुझिएको छ । सन् २०१६ को जुलाइ ३ मा इराकको बग्दादमा ब्यस्त बजारमा सवारीसाधनमा भएको बिस्फोटमा ३ सय जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू