अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४९
| Colorodo: 16:04
चन्द्रयान–३ को सफलतापछि भारतले आदित्य एल–१ नामक सूर्यको अध्ययन गर्ने अन्तरिक्षयान आगामी शनिबार प्रक्षेपण गर्ने भएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) ले आन्द्रप्रदेशस्थित श्रीहरिकोटा अन्तरीक्ष केन्द्रबाटबाट शनिबार बिहान ११.५० बजे यान प्रक्षेपण गरिने छ । इसरोका अनुसार सूर्यको अध्ययन गर्ने भारतको यो पहिलो यान हुनेछ । यो यानले सौर्य गतिविधि अवलोकन गर्ने र अन्तरिक्ष मौसमको विषयमा अध्ययन गर्ने बताइएको छ ।