अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

ललिता निवास जग्गा प्रकरणमा अभियोगपत्र दर्ता

बिआरटीनेपाल २०८० भदौ १० गते ८:४९ मा प्रकाशित

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका २ सय ७९ लाई प्रतिवादी बनाउँदै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले आइतबार २८९ जनालाई प्रतिवादी बनाउँदै सरकारी कागज र्कीते गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो।

काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार प्रतिवादी बनाइएकामध्ये १७ जनालाई मात्रै पक्राउ गरिएको र बाँकी २७२ जनालाई फरार सूचीमा उल्लेख गरिएको छ। मृत्यु भइसकेका २१ जनालाई पनि प्रतिवादी बनाइएको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन सिफारिस गर्दै रायसहितको प्रतिवेदन दिएको थियो। तर, सरकारी वकिलले संगठित अपराधमा मुद्दा नचलाउने निर्णय लिएको छ।

सरकारी वकिल कार्यालयले बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्रीलाई प्रतिवादी बनाएको छ। मन्त्रीहरूमा चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय शाह छन्। सरकारी वकिलले ६ पूर्वसचिवसहितलाई पनि प्रतिवादी बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय