अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४२ | Colorodo: 15:57

डोनाल्ड ट्रम्पको कोषमा पैसा ओइरिँदै, २ करोड डलर सङ्कलन

बिआरटीनेपाल २०८० भदौ १० गते ८:२६ मा प्रकाशित

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानका लागि दुई करोड डलर कोषमा जम्मा भएको छ । ट्रम्पका प्रवक्ताले तीन हप्ताको अवधिमै दुई करोड डलर (दुई अर्ब ६४ करोड नेपाली रुपैयाँ) कोषमा जम्मा भएको बताएका बीबीसीले जनाएको छ । डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा हारलाई विजयमा परिणत गर्ने षड्यन्त्र गरेको आरोप लागेको छ । यी आरोपहरूपछि ट्रम्पको चुनावी अभियानका लागि कोषमा जम्मा हुने क्रम झनै बढेको छ ।

गएको शुक्रवार ट्रम्प जर्जियाको काउन्टी जेलमा जानुपरेको थियो र त्यहाँ उहाँको मगसट (तस्बिर) पनि खिचिएको थियो । ट्रम्पका प्रवक्ताका अनुसार मुगसटपछि चन्दा प्राप्त गर्ने क्रम बढेको छ । मुगसट सार्वजनिक भएको दुई दिनमै ट्रम्पको कोषमा ७० लाख डलरभन्दा धेरै रकम जम्मा भएको छ । ट्रम्पले अहिले चार वटा मुद्दाको सामना गरिरहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू