अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०८ | Colorodo: 15:23

आठ महिनामा टर्कीको अन्टाल्यामा पर्यटकको सङ्ख्या एक करोड नाघ्यो

बिआरटीनेपाल २०८० भदौ ९ गते ५:४६ मा प्रकाशित

टर्कीको दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्टाल्यामा जनवरी १ देखि अगस्ट २२ सम्म एक करोड विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । एक लाख भन्दा बढी पर्यटकहरु हवाई यात्राबाट आएको तथ्याङ्क सार्वजनिक भएको हो ।स्थानीय संस्कृति तथा पर्यटन अधिकारीहरुले शुक्रवार यसबारेमा जानकारी गराएका थिए ।

अघिल्लो वर्षको तुलनामा जनवरी १ देखि अगस्ट २३ सम्म २० प्रतिशतले पर्यटकको सङ्ख्या बढेको हो ।अगस्ट १ देखि १८ सम्म करिव १८ लाख ८८ हजार विदेशी पर्यटकहरु अन्टाल्या भ्रमणमा पुगेका छन् ।यो सङ्ख्या गएको वर्षको यही समयावधिको तुलनामा १० प्रतिशतले बढी हो ।

पर्यटन क्षेत्र टर्कीको मुख्य आर्थिक आयस्राेत हो । पर्यटनले टर्कीमा देशको कुल गार्हस्थ उत्पादनमा करिव १० प्रतिशत योगदान दिन्छ । पर्यटनले टर्कीमा करिब १७ लाख मानिसलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू