अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४९ | Colorodo: 09:04

अमेरिकाका सिनेटर होलेन नेपाल आउँदै

बिआरटीनेपाल २०८० भदौ ९ गते ५:४० मा प्रकाशित

अमेरिकाका प्रभावशाली सिनेटर क्रिस भ्यान होलेन नेपाल भ्रमणमा आउने भएका छन् । अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य होलेन सेप्टेम्बरको पहिलो साता काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ ।

होलेनको कार्यालयले दिएको जानकारीअनुसार नेपाल भ्रमणको क्रममा उनले सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

नेपाल बसाईको क्रममा होलेनले अमेरिकी सहयोगमा सञ्चालित प्रोजेक्ट र स्थानीय सांस्कृतिक महत्वका क्षेत्रको पनि भ्रमण गर्न बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू