रुसले वागनर समूहका प्रमुखलगायतको विमान दुर्घटनामा भएको मृत्युमा युक्रेनलाई दोष लगाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व सल्लाहकार सर्गेइ मार्गोवले बीबीसीसँग कुराकानी गर्दै रुसप्रति वाफादार प्रिगोजिन युक्रेनका लागि खतरा भएकाले उनी सवार विमान दुर्घटनामा युक्रेनको हात रहेको दाबी गरेका हुन् ।
मार्कोवले वाग्नर रुसका लागि समस्या नभएको दाबी पनि गरेका छन् । उता युक्रेनले भने वाग्नर प्रमुख प्रिगोजिनको मृत्यु आफ्ना लागि खुसीको खबर भएको बताएको छ । युक्रेनी रक्षामन्त्रीका एक सल्लाहकारले विश्वका लागि एक आतंकवादी घटेको बताएका हुन् । गत बुधबार रुसी शहर तेवेरमा प्रिगोजिनसँगै १० जना सवार विमान दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भएको थियो । यसअघि रुसमा विद्रोह मच्चाएको घटना लगत्तैै पुटिनले बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोसँग टेलिफोन वार्ता गरी पुटिनले प्रिगोजिनको हत्या गर्ने योजना बनाएको खुलासा भएको छ ।
बेलारुसका लुकासेन्कोले हतारमा निर्णय लिँदा रुस गृहयुद्धमा फस्ने भएकाले हत्या योजना टार्न आग्रह गरेपछि प्रिगोजिनको हत्या योजना टरेको थियो ।