अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

वाग्नर समूहका प्रमुख प्रिगोजिन चढेको विमान दुर्घटना : प्रिगोजिनसहित १० जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० भदौ ७ गते ७:०८ मा प्रकाशित

वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन चढेको विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा प्रिगोजिनसहित सबै यात्रुको ज्यान गएको छ ।विमानमा वाग्नरका वरिष्ठ कमान्डर द्विमित्री उत्किन पनि रहेका थिए । विमानमा रहेका सबै १० जनाको शव फेला परेको आपत्कालीन सेवा प्रदायकलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जाल अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ । त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ । गएको जुनमा रुसमा यो समूहले विद्रोह गरेको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनसँगको समझदारीअनुसार विद्रोहपछि लडाकु समूहका प्रमुख बेलारुस गएको ठानिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू