अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

मीनबहादुरको बयान- ललिता निवासको जग्गा किनेको हुँ तर सरकारी भन्ने थाहा थिएन

बिआरटीनेपाल २०८० भदौ ७ गते ७:०० मा प्रकाशित

ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनीले किनेको तर उक्त जग्गा सरकारी भएको थाहा नभएको बताएका छन्।उनले भाटभटेनी डेभलपमेन्ट कम्पनीले ललितानिवास क्याम्पभित्रको जग्गा किनेको तर उक्त जग्गा सरकारी भएको थाहा नभएको बयान दिएका हुन्।

उनले आफू र आफ्नो परिवारका सदस्यका रुपममा समेत जग्गा खरिद गरेको र कतिपय विभिन्न व्यक्तिलिाई बिक्री समेत गरिसकिएको बताएका छन्। उनले भनेका छन्, ‘म, मेरो परिवारका सदस्यहरु र कम्पनी समेतको स्वामित्वमा करिब २४ रोपनी जग्गा बाँकी छ, खरिद गरेको जग्गाको मूल्य चुक्ता गरेर सरकारलाई नियमानुसार बुझाउनुपर्ने राजश्व बुझाइ मेरो नाममा खरिद गरेर लिएको हुँ ।’

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा ल्याएको आरोपमा प्रहरीले प्रतिवादी बुझाइसकेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सीआईबीले बुझाएको प्रतिवेदेन हेरेर अभियोगबारे निर्णय लिने छ। उक्त प्रतिवदेनमा उपलब्ध प्रतिवादीहरुको बयान समावेश छन्।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय