अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 14:33

सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालयमा तानिए

बिआरटीनेपाल २०८० भदौ ७ गते ६:४० मा प्रकाशित

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई हटाएको छ । सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग म्यासेजमा संवाद गरेको पाइएपछि महानिर्देशक अधिकारीलाई मन्त्रालयमा तानिएको गृह मन्त्रालयले जनाएको छ । उहाँलाई मन्त्रालयको जगेडामा राखिएको छ ।

अधिकारी गएको फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशक हुनुहुन्थ्यो । दावा छिरिङसँग अधिकारीको पटक पटक च्याट भएका र सुन तस्करीका विषय जोडिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय