नेपाल सरकार मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । मन्त्रिपरिषदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् ।प्रधानमन्त्री प्रचण्ड यही भदौ ३० गते संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जानुहुने छ ।
मन्त्रपरिषद्को आजकै बैठकले धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६को उपदफा ९१० बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र दर्ता तथा निष्काशन ९सातौं संशोधन० नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ। आजकै बैठकले जे।बी। टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको छ।
पर्यटनमन्त्री सुदन किरातीका पिता ७६ वर्षीय हर्कबहादुर राईको निधनप्रति श्रद्धाञ्जलीर मन्त्री किराती शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्ने निर्णय गरेको छ।
