अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

बिआरटीनेपाल २०८० भदौ ६ गते ७:२७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।सभाध्यक्ष इस्माइल मन्सुरीले बैठक शुरु गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्य उठेका थिए । उनीहरू सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि मन्सुरीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासकाे मत लिँदा सभाध्यक्षको पनि मत प्रयोग गरेको विरोधमा प्रतिपक्षी दलहरूले प्रदेशसभा बहिष्कार गरेका हुन् । यसैबीच कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले आज बुधवार सर्वोच्च अदालतमा रिट दर्ता  गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय