अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

एमाले अध्यक्ष ओली सहभागी नभएपछि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक स्थगित

बिआरटीनेपाल २०८० भदौ ५ गते ७:५१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली अस्वस्थताको कारण देखाउँदै बैठकमा नगएपछि सर्वदलीय बैठक स्थगित भएको हो। ओली नगएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अध्यक्ष ओलीले ज्वरो आएकाले आजको बैठकमा उपस्थित हुन नसकेको जानकारी गराउनुभएको थियो । सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको कार्यदलले प्रारम्भिक मस्यौदा तयार पारेको थियो। सो मस्यौदालाई सर्वदलीय बैठक बसेर अन्तिम रूप दिने बताए पनि ओली उपस्थित नहुँदा मस्यौदाले अन्तिम रुप पाउन सकेन। आज स्थगित भएको बैठक भोलि बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय