अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

वाग्नर समूहका प्रमुख प्रिगोजिन अफ्रिकामा रहेको पुष्टि

बिआरटीनेपाल २०८० भदौ ५ गते ७:४८ मा प्रकाशित

रुसी भाडाको सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन अफ्रिकामा रहेको पुष्टि भएको छ । अघिल्लो महिना रुसमा असफल विद्रोह गरेका प्रिगोजिन रहेको स्थानलाई लिएर विभिन्न टिप्पणी भइरहेको बेला उनले एक भिडियोमा आफू अफ्रिकामा रहेको बताएका हुन् ।वाग्नर समूहको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा प्रिगोजिन लडाकु पोसाकमा देखिएका छन् । भिडियोमा उनले वाग्नर समूहले अफ्रिकालाई ‘अधिक स्वतन्त्र’ बनाउँदै गरेको उल्लेख गरेका छन् । ‘हामी अफ्रिकी नागरिकलाई न्याय र खुशी दिइरहेका छौँ, इस्लामिक स्टेट र अलकायदाका लागि जीवन कठिन बनाएका छौँ ।’ उनले भनेका छन् ।

अहिले वाग्नर समूहका हजारौँ लडाकु अफ्रिकामा रहेको अनुमान छ । केही देशमा उनीहरू सरकारी सेनाको सहयोगी र केही देशमा विद्रोहीको सहयोगीको रूपमा लडिरहेका छन् । भिडियोमा वाग्नर समूहका प्रमुख प्रिगोजिनले आफूहरू अफ्रिकाको स्वतन्त्रताका लागि ५० डिग्रीभन्दा धेरै तापक्रममा लडिरहेको उल्लेख गरेका छन् । यस्तै सबै महाद्वीपमा रुसको प्रभावशाली उपस्थिति आफूहरूको लक्ष्य रहेको पनि उनको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू