अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०३ | Colorodo: 23:18

जापानले आणविक केन्द्रको १० लाख लिटर पानी समुद्रमा छोड्ने

बिआरटीनेपाल २०८० भदौ ५ गते ७:४६ मा प्रकाशित

जापानले पर्सि बिहीवारदेखि फुकुसिमा दाइची आणविक केन्द्रबाट प्रशान्त महासागरमा रेडियोधर्मी विकिरण मिसिएको पानी छोड्ने भएको छ । १० लाख टनभन्दा बढी पानी समुद्रमा छोडिने अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जापानको यो निर्णयको छिमेकी राष्ट्र र जापानको मत्स्य विभागले विरोध गरिरहेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले सबै अवस्थाको जाँच गरेर पानी छोड्न लागिएको बताउनुभएको छ । उहाँले पानी सुरक्षित रूपमा समुद्रमा छोडिने भएकाले कुनै खतरा नभएको पनि दाबी गर्नुभएको छ ।

दुई वर्षको समीक्षापछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले गएकाे महिना जापानको योजनाले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पूरा गरेको बताएको थियो । एजेन्सीले पानी समुद्रमा छोड्दा वातावरण र मानिसमा नगण्य प्रभाव पर्ने पनि उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू