अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

दाइची आणविक उर्जा केन्द्रको पानी समुन्द्रमा फाल्ने निर्णयबिरुद्ध जापानका नागरिकको बिरोध

बिआरटीनेपाल २०८० भदौ ३ गते ७:२८ मा प्रकाशित

जापान सरकारले निस्क्रिय भएको फुकुसीमा दाइची आणविक उर्जा केन्द्रबाट आणविक दुषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेसँगै नागरिकहरु आन्दोलनमा उत्रिएका छन् ।३५ डिग्रिमाथि तापक्रममा गर्मीलाई झेल्दै जापानी नागरिकहरुले जापानी प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर सरकारलाई सम्बन्धित पक्षहरुको सहमति बिना निर्णय नलिन चेतावनी दिएका हुन् । मार्च ११, २०११ मा ९.० म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीबाट ग्रस्त फुकुसीमा दाइची आणविक उर्जा केन्द्रले विकिरण जारी गर्ने कोर मेल्टडाउनको सामना गरेको थियो ।

परिणामतः लेभल ७ आणविक दुर्घटना भएको थियो । जुन अन्तर्राष्ट्रिय आणविक र रेडियोलोजिकल घटना स्तरमा उच्च हो । प्लान्टले भवनहरुमा आणविक इन्धनलाई चिसो पार्नबाट विभिन्न पदार्थहरुले दुषित पानीको ठूलो मात्रा उत्पादन गर्दै आएको छ । जुन अहिले करिव एक हजार भण्डारण ट्याङ्कहरुमा भण्डारण गरिएको छ । जापानी सरकारले अप्रिल २०२१ मा प्रशान्त महासागरमा फोहोर पानी छोड्ने विवादास्पद योजना घोषणा गरेको थियो । उनीहरुले सरकारको निर्णयमा पुनः विचार गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू