अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 01:46

प्रमुख दलले सिण्डिकेट खडा गरेर राज्यसत्ता कब्जा गरे – राप्रपा नेपाल अध्यक्ष थापा

बिआरटीनेपाल २०८० भदौ २ गते ६:१९ मा प्रकाशित

राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगत डेढ दशकदेखि सिण्डिकेट खडा गरी प्रमुख दलहरूले राज्यसंयन्त्रमा कब्जा जमाएको आरोप लगाउनुभएको छ । प्रमुख भनिने दलहरूले भुटानी शरणार्थी, ललिता निवास जग्गा, सुनतस्करी, गौर र टीकापुर हत्याकाण्ड फासफुस गर्ने सहमति गरेको भन्दै उहाँले रोष प्रकट गर्नुभयो । पार्टीको काठमाडौं महानगरपालिका समितिद्वारा आज आयोजित कार्यक्रममा थापाले भ्रष्टाचार र मनपरीतन्त्रको अन्त्य चाहने हो संघीय गणतन्त्रका नाममा अहिले मुलुकमा कायम व्यवस्थाको नै अन्त्य हुन जरुरी भएको बताउनुभयो ।

राप्रपा नेपाल भविष्यमा सत्ता केन्द्रित होइन नभएर जनता केन्द्रित भएर अगाडि बढ्ने सड्ढल्पका साथ आन्दोलनमा जाने तयारीमा रहेकोसमेत थापाले जानकारी दिनुभएको छ । मुलुकमा विदेशी हस्तक्षेप र प्रभाव बढेको उहाको आरोप थियो । यस्तै, बेरोजगारी, धर्म परिवर्तन र महङ्गीको मारमा सिङ्गो देश पिल्सिएको चर्चा गर्दै थापाले सत्ताकेन्द्रित फोहरी खेलले विधिको शासनको उपहास भएकोसमेत जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू