अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

माओवादी विद्रोहबारे ओलीको अभिव्यक्ति घृणाष्पद : घनश्याम भुसाल

बिआरटीनेपाल २०८० भदौ २ गते ५:३८ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको अभिव्यक्ति घृणाष्पद रहेको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित ‘२०२८ झापा बिद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले आफूलाई नेपालको कम्युनिष्ट पार्टीहरुको इतिहासबारे ओलीले दिने अभिव्यक्ति विभत्स, डरलाग्दो र घृणाष्पद लाग्ने गरेको बताउनु भएको हो ।

महासचिव भुसालले ओलीले मिल्दा तत्कालीन माओवादी सशष्त्र विद्रोहलाई महान भन्ने गरेको र नमिल्दा हत्यारा र आतंककारी भन्ने गरेको सुन्दा आफूलाई चित्त दुख्ने गरेको जिकिर गर्नुभयो । उहाँले ओलीको कम्युनिष्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । महासचिव भुसालले नेपालको कम्युनिष्ट आन्दोलनमा झापा बिद्रोहले जनतासँग असाधारण खालको सम्बन्ध बिस्तार गरेको उल्लेख त्यसलाई टुट्न नदिन फेरि नयाँ संकल्पसहितको क्रान्ति आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय