अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

पत्रकार एवम लेखक डिल्लीप्रसाद आचार्यको निधन

बिआरटीनेपाल २०८० भदौ २ गते ५:२७ मा प्रकाशित

पत्रकार, लेखक एवम पूर्व प्रशासक डिल्लीप्रसाद आचार्यको निधन भएको छ ।उहाँको ८६ वर्षको उमेरमा गएराति काठमाण्डौमा निधन भएको हो । पत्रकार आचार्य लामो समयदेखि अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो ।

विसं १९९४ मङ्सिर आठ गते बागलुङको रामरेखामा जन्मिनुभएका आचार्यले लामो समय पत्रकारिता गर्नुभएको थियो ।उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय