अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 11:42

देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० भदौ १ गते ८:३७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन भएकाे बताउनुभएकाे छ । मुलुकी संहिता दिवस २०८० को अवसरमा आज शुक्रवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘देशमा सुशासनको प्रत्याभूति गर्ने माध्यम कानुन नै हो । कानुनको सफल कार्यान्वयनमा नै राज्य व्यवस्था सही ढङ्गले सञ्चालन हुन पुग्दछ । नेपालको संविधानले अङ्गीकार गरेका विभिन्न मूल्य मान्यताहरू तथा प्रत्याभूति गरेका हक अधिकारको कार्यान्वयन गर्न पनि विभिन्न कानुनहरू निर्माण भएर कार्यान्वयनमा रहेका छन् । ती सबै कानूनहरूको कार्यान्वयन गर्दै देशलाई समृद्धिको यात्रामा डोर्‍याउन आवश्यक छ । यसका लागि सम्बन्धित सबै पक्षको क्षमता विकासलाई प्राथमिकताका साथ निरन्तरता दिई संहिताको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता यस अवसरमा सबैले गर्न जरुरी छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय