अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२२ | Colorodo: 18:37

गण्डकीमै पहिलो पटक पोखराको चरकमा ओपन हार्ट सर्जरी

बिआरटीनेपाल २०८० भदौ १ गते ८:३९ मा प्रकाशित

पोखराको चरक मेमोरियल हस्पिटलले ओपन हार्ट सर्जरी गरेको छ। चरकले गण्डकी प्रदेशमै पहिलो पटक ओपन हार्ट सर्जरी गरेको हो। मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोभास्कुलर सर्जन डा। अनिल भट्टराई, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा। सूर्य देवकोटालगायतको टिमले चरकमा ओपन हार्ट सर्जरी गरेर बिरामीलाई काठमाडौं चितवन धाउनुपर्ने बाध्यताको अन्त्य गरिदिएका छन्।

गत शुक्रबार पोखरा महानगरपालिका–२० भलामका ४५ वर्षीय विष्णु गौतमको ओपन हार्ट सर्जरी गरिएको हो। निःशुल्क ओपन हार्ट सर्जरी गरेको चरक मोमेरियल हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताउनुभया। उहाँले अब यो सेवालाई निरन्तरता दिने जानकारी दिनुभयो।

‘ओपन हार्ट सर्जरीका लागि सुविधा दिन आवश्यक मेसिनसहित उपकरण जडान गरेका छौं’, पोखरेलले भन्नुभयो । पहिलो पटक काठमाडौंबाट विशेषज्ञ डा। झिकाएर सर्जरी गरेको अस्पतालले कार्यरत डाक्टरलाई तालिम लिन काठमाडौं पठाउने तयारी समेत गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय