अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा बढायो

बिआरटीनेपाल २०८० भदौ १ गते ८:१४ मा प्रकाशित

आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा सतर्कता बढाएको छ । स्वीडिस सुरक्षा सेवा (एसएपीओ) ले बिहीवार आतंकवादीहरुको खतरा बढ्दै गएको भन्दै थप सतर्कता  बढाएको बताएको हो । स्वीडिस सुरक्षा सेवाका महानिर्देशक चार्लोट भोन एसेनले इस्लामवादीहरुले थप हिंसात्मक गतिविधि बढाएकाले सुरक्षा व्यवस्था कडा बनाइएको बताए ।

यो खतरा लामो समयसम्म रहने स्वीडेनले बताएको छ । स्वीडेन र डेनमार्क दुवै देशको राजधानीमा केही आतंकवादीहरुले कुरान जलाएपछि विश्वका मुस्लिम देशहरुले त्यसको आलोचना गर्दै आएका छन् । सोही विषयलाई लिएर स्वीडेनमा सुरक्षा चुनौति बढेको हो । स्वीडेनले यसअघि पनि १८ नोभेम्बर सन् २०१५ देखि २ मार्च सन् २०१६ सम्म सुरक्षा सतर्कता बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू