अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४
| Colorodo: 04:39
बैंक अफ इटलीले इटलीको सार्वजनिक ऋण बढेर नयाँ रेकर्ड कायम गरेको बताएको छ । बुधवार आयोजित पत्रकार सम्मलेनमा बैंक अफ इटलीले देशको सार्वजनिक ऋण २.८४३ ट्रिलियन युरो (३.०९ ट्रिलियन अमेरिकी डलर) बढेर नयाँ रेकर्ड कायम गरेको जनाएको हो ।गत महिनाको तुलनामा यो संख्या २७.८ बिलियन युरोले बढेको हो । सन् २०२२ को अन्तिम तीन महिनामा गिरावट आएको थियो ।
तर यस वर्ष इटलीको सार्वजनिक ऋणको आकार हरेक महिना बढ्दै गइरहेको छ । ऋणको स्तर सरकारी उधारोको कारण बढेको हो । गत महिनाको तुलनामा यस महिना सरकारी ऋण १२.३ बिलियन युरोले बढेको बैंकले जनाएको छ । इटालीको सार्वजनिक ऋण सन् २०२२ मा देशको कुल गार्हस्थ्य उत्पादनको १४४.७ प्रतिशत थियो ।