अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१
| Colorodo: 05:56
श्रीलंकामा करिब २ लाख परिवार खडेरीको चपेटामा परेका छन् । श्रीलंकाका नौ प्रान्तमध्ये आठ प्रान्तका एक लाख ८० हजार परिवार खडेरीको चपेटामा परेका विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको हो । डिएमसीले बिहिबार सार्वजनिक गरेको आफ्नो पछिल्लो प्रतिवेदनमा सुक्खा मौसमका कारण खानेपानीको अभावमा एक लाख ८० हजारभन्दा बढी प्रभावित भएको उल्लेख गरेको छ ।
सुक्खाबाट उत्तरी र पूर्वी प्रदेश सबैभन्दा बढी प्रभावित भएका छन् । यसअघि कृषिमन्त्री महिन्दा अमरवीराले खडेरीका कारण ३७ हजार एकड धान खेती नष्ट भएको बताएका थिए । कृषकलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै कृषि अधिकारीहरूले क्षतिको मूल्याङ्कन गरिरहेका छन् । श्रीलंकाको मौसम विज्ञान विभागका अनुसार दक्षिणपश्चिम मनसुन असफलताका कारण सुक्खा मौसम सेप्टेम्बरको अन्त्यसम्म जारी रहनेछ ।