अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

राष्ट्रपति पौडेलसमक्ष बेलायत र भियतनामका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

बिआरटीनेपाल २०८० साउन ३२ गते ७:३६ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त बेलायत र भियतनामका राजदूतहरुले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालका लागि बेलायतका आवासीय राजदूत रोबर्ट डोमिनिक रुसेल र भियतनामका गैरआवासीय राजदूत न्युग्यन थान हाईले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

उक्त समारोहमा परराष्ट्रमन्त्री एनपी साउदलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय