अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२३ | Colorodo: 05:38

अब एमालेका ब्यानरमा पुष्पलाल, मदन, मनमोहनपछि अध्यक्ष ओली मात्रै

बिआरटीनेपाल २०८० साउन ३२ गते ७:३२ मा प्रकाशित

एमालेका बैठक, भेला, सभा सम्मेलनको ब्यानरमा अध्यक्ष केपी शर्मा ओलीदेखि जुन तहले कार्यक्रम आयोजना गरेको त्यो तहका नेतासम्मको फोटो टाँस्ने क्रम बढेपछि त्यसलाई रोक्ने निर्णय गरिएको छ । पार्टीको कुनै स्थानीय तहले औपचारिक कार्यक्रम गर्यो भने उक्त पालिका प्रमुख, सम्बन्धित जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष हुँदै पार्टी अध्यक्ष ओलीसम्मकको फोटो राख्ने क्रम बढेको र त्यसले पार्टीमा मनमुटाव पैदा गरेपछि एमालेको सचिवालय बैठकले पुष्पलाल, मदन भण्डारी र मनमोहनबाहेक अध्यक्ष ओलीको मात्रै फोटो राखेर औपचारिक कार्यक्रम गर्नुपर्ने निर्णय गरेको हो।

साउन २९ गते बसेको बैठकले पार्टीका बैठक तथा कार्यक्रम सञ्चालनका लागि पाँच बुदे सर्कुलर जारी गर्दै जीवित नेताहरुमा अध्यक्ष ओलीको मात्रै फोटो राख्न पार्टी जनवर्गिय संगठनहरुलाई निर्देशन दिएको उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘पुष्पलाल, मदन र मनमोहनको अतिरिक्त अध्यक्षको मात्रै राख्ने भनेको हो।’ एमाले औपचारिक क्रमलाई चुस्त दुरुस्त बनाउन मञ्चको प्रयोग वक्ताले मात्र गर्ने, अतिथि र वक्ताहरुलाई दर्शक दीघामा राख्नुपर्ने निर्देशन जारी गरेको हो। अतिथिलाई मञ्च दिइँदै आएको स्थान अब हट्ने भएको छ।

त्यस्तै कार्यक्रम सकिने बेलासम्म आसन ग्रहण गरिरहने अभ्यासलाई पनि छोड्न एमालेले भनेको छ। खादा मालाको प्रयोगलाई पनि निरुत्साहित गर्ने सचिवालयको निर्णय छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू