अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२९ | Colorodo: 04:44

भीषण वर्षापछि भारतको सिमलामा पहिरो – झण्डै ५० जना भक्तजन पहिरोमा पुरिए, ९ जनाको शव भेटियो

बिआरटीनेपाल २०८० साउन २९ गते ६:३३ मा प्रकाशित

भारत, हिमाञ्चल प्रदेशको सिमलामा शिव मन्दिरमा पूजा गर्न गएका झण्डै ५० जना भक्तजन पहिरोमा पुरिएका छन् । ९ जनाको शव भेटिएको छ ।भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलमा रहेको शिव मन्दिरमा साउने सोमवारको पूजाका लागि भक्तजनहरु पुगेका बेला मन्दिरमाथिबाट आएको पहिरो खसेको हो । पहिरोले मन्दिर पनि ढलेको खबरमा उल्लेख छ ।

पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्धार तथा खोजी कार्य भइरहेको छ । भीषण वर्षाका कारण हिमाञ्चल प्रदेशमा पहिरोले सडकहरु बगाएको छ भने सयौँ गाडीहरु बाटोमा अलपत्र परेका छन् । हिमाञ्चलकै सोनलमा भीषण वर्षा हुँदा ९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू