अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४७ | Colorodo: 14:02

लामो समयसम्म संसद्‍ अवरुद्ध गर्नु गैरजिम्मेवार : कांग्रेस

बिआरटीनेपाल २०८० साउन २९ गते ५:२२ मा प्रकाशित

कांग्रेस संसदीय दलले लामो समयसम्म संसद्‍ अवरुद्ध हुने कार्यलाई गैरजिम्मेवारपूर्ण भएको ठहर गर्दै एमालेलाई संसद्‍ अवरुद्ध अन्त्य गर्न आह्ववान पनि गरेको छ । जारी संसद्‍ अवरोध खुलाउन नेपाली कांग्रेसले सत्तापक्ष र विपक्षी दलहरुसँग संवाद गर्ने जनाएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

‘जनताको सरोकारको विषय सदनमा उठ्न सकेको छैन । अर्कोतर्फ महत्त्वपूर्ण विधेयक पारित हुन सकेको छैन । सरकारबाट नयाँ विधेयक प्रस्तुत गर्ने र प्रतिनिधिसभामा विषयगत समितिका सभापतिहरु चयन हुन सकेका छैनन्’ , निर्णयमा भनिएको छ- कांग्रेसले सत्तारुढ दल तथा विपक्षी दलहरुसँग संवादमार्फत सदन सुचारु गर्न पहल गर्ने निर्णय गरेको छ । संसद्‍ निस्क्रिय भएको अवस्थाले संसदीय व्यवस्थाप्रति वितृष्णा उत्पन्न हुने जोखिम हुन्छ ।

यस्तै कांग्रेसले संसद्‍प्रति सरकार जवाफदेही हुनुपर्ने र संसद्‍ आफैं पनि जनताप्रति जवाफदेही हुनुपर्ने जनाएको छ ।”सदनमा प्रतिपक्षी दल आलोचनात्मक रुपमा प्रस्तुत हुनु स्वभाविक हो । तर लामो समयसम्म संसद्‍ अवरुद्ध पारेर छलफल हुन नसक्ने अवस्था ल्याउनु गैरजिम्मेवारपूर्ण कार्य हो,” कांग्रेसले भनेको छ । नेकपा एमालेका सांसदहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै केही सातादेखि नियमित रुपमा संसद्‍ अवरुद्ध पार्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय