अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७
| Colorodo: 09:42
युक्रेनले क्राइमिया द्वीपमा आक्रमणका लागि पठाएका २० वटा ड्रोन रुसले नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले मध्यरातमा आक्रमणका लागि पठाएका ड्रोन नष्ट गरेको हो । युक्रेनले भने त्यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
रुस – युक्रेन युुद्धका बीच युक्रेनले रुसको नियन्त्रणमा रहेको क्राइमियामा बारम्बार आक्रमण गर्दै आएको छ । दुई देशबीच पछिल्लो समय ड्रोन आक्रमण हुन थालेको छ । रुसले गत जुन र जुलाईमा मात्रै गरेको आक्रमणबाट युक्रेनमा ठूलो क्षति भएको समाचारमा उल्लेख छ ।