अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

लडाकू शिविरकाण्ड पनि छानविन हुनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

बिआरटीनेपाल २०८० साउन २६ गते ७:४७ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष  डा बाबुराम भट्टराईले माओवादी लडाकू शिविर (क्यान्टोन्मेन्ट) घोटाला काण्ड पनि छानविन हुनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री भट्टराई पार्टीद्वारा शुक्रबार बुटवलमा आयोजित  पत्रकार भेटघाटमा नेता  क्यान्टोन्मेन्टदेखि विमान घोटालासम्म सबै काण्ड उच्चस्तरीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने बताउनुभएको हो ।

क्यान्टोन्मेन्ट  घोटालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुछिनु भएको छ । पूर्वप्रधानमन्त्री भट्टराई र मोहन वैद्य किरण माओवादीमै छँदा त्यही विषयलाई लिएर पार्टी चर्को विवाद भएको थियो । पूर्वप्रधानमन्त्री भट्टराई र वैद्य निकट कार्यकताले केही वर्षअघि भृकुटीमण्डपमा आयोजित कार्यक्रममा क्यान्टोन्मेन्ट काण्ड छानविन माग गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालमाति कार्यक्रममै कुर्सी प्रहार गरेका थिए । त्यसपछि माओवादी केन्द्रले क्यान्टोन्मेन्ट काण्ड छानविन.गर्ने भन्दै अमिक शेरचनको संयोजकत्वमा समिति समेत बनाएको थियो । तर काण्ड छानविन नभएपछि पूर्वप्रधानमन्त्री भट्टराई र वैद्यले प्रचण्डबाट छुट्टिएर बेग्लाबेग्लै पार्टी खोल्नु भएको हो । क्यान्टोन्मेन्ट काण्ड छानविनको जिम्मा पाउनु भएका शेरचनलाई अध्यक्ष दाहालले प्रदेश प्रमुख बनाउनुभयो । त्यसपछि माओवादी पार्टीमा क्यान्टोन्मेन्ट काण्ड  सेलायो ।

क्यान्टोन्मेन्ट काण्ड हुँदा माओवादीमै रहनुभएका पूर्वप्रधानमन्त्री भट्टराईले लामो समयपछि अहिले फेरि त्यो छानविन हुनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्री  भट्टराई क्यान्टोन्मेन्ट काण्ड छानविन माग्दा राजनीतिमा त्यसले बिशेष अर्थ राख्छ ।  विगतमा भट्टराईले लडाकू शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छाननिव गरी निकर्षमा पुर्‍याउनुपर्नेमा जोड दिनु.भएको छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले  आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन फाइल खोल्ने गरिए पनि ठूला दलबीच लाभका पदमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको आरोप लगाउनु भएको छ । ‘आफू सत्तामा हुँदा विपक्षीलाई तर्साउन विषय उछाल्ने परिपाटी छ, तर ठुला तीन दल साँठगाँठ गरेर भागबण्डामा कुरा मिलाउँछन्, अनि अनुसन्धान सामसुम हुन्छ’ उहाँले भन्नुभयो ‘अहिलेको सरकारले गरिरहेका अनुसद्यन्धान पनि सरकारलाई निल्नु न ओकल्नु भएको छ, निष्कर्षमा पुग्छन् भन्ने विश्वास छैन ।’

पूर्वप्रधानमन्त्री भट्टराईले  ललितानिवास जग्गा हिनामिना प्रकरण छानविनमा आफूले  पनि सघाउने र खुशीसाथ बयान दिन जाने उल्लेख गर्नुभयो ‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छानबिन गरौं भन्दै आएको हुँ उहाँले भन्नुभयो ललिता निवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु, जानेको बुझेको बताउँछु ।’

सय केजी सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठनको माग गर्नु गलत नभएको उहाँको भनाई छ ।  भट्टराईले लुम्बिनी विकास कोषमा चरम विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गर्नु ठीक नभएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय