अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२५
| Colorodo: 04:40
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई अनुमति दिएको हो ।
बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा २० जना पक्राउ परेका छन् ।
