अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 14:41

”प्रहरी अनुसन्धानमा दोषी देखिए माओवादी वा कुनै पार्टीको होस्, कोही छुट्ने छैनन्” – गृहमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० साउन २३ गते ७:१३ मा प्रकाशित

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी अनुसन्धानमा दोषी देखिए माओवादी केन्द्रका नेता हुन् कि अरु कुनै पार्टीका नछुट्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधसभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलबार गृहमन्त्री श्रेष्ठले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।’भेप’ मा लुकाएर ९ किलो सुन ल्याएको विषयमा माओवादी केन्द्रका नेता शंकाको घेरामा परेपछि अनुसन्धान रोकिएको भन्ने आरोपको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले भन्नुभयो,”माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले तथ्य प्रमाणले दोषी देखाउँछ भने कोही छुट्नेवाला छैनन् । अनुसन्धानका तथ्य प्रमाणले दोषी देखाए भने कोही छुट्दैन, कोही उम्कन पाउँदैन” ।

९ किलो सुन तस्करी भएको र त्यसको छानबिन फाइल गृहमन्त्रीको टेबुलमा भएको अभिव्यक्ति एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बताउनुभएको थियो । उहाँले गृहमन्त्रीलाई प्रश्न सोध्दै त्यो फाइल किन नखोलेको भन्दै प्रश्न गर्नुभएको थियो । जवाफमा गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ”भेपको फाइल त गृहमन्त्रीको टेबुलमा छ भन्नुभयो । पहिला सरकार चलाउँदा त्यस्तो चलन थियो ? सीआईबीलाई निर्देशन दिएका छौं, अनुसन्धानबाट जे देखिन्छ त्यो गर्नुस् । कसलाई छोड्ने र कसलाई तान्ने भन्ने हामी होइनौं ”। गृहमन्त्री श्रेष्ठको सम्बोधनपछि एमालेले आजपनि संसद बैठक अवरुद्ध गरेको छ । संसद्को अर्को बैठक भोली अपरान्ह बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय