अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५० | Colorodo: 00:05

आँखा पाक्ने राेगकाे सङ्क्रमण बढ्दै गएपछि पोखराका शैक्षिक संस्था ३ दिन बन्द हुने

बिआरटीनेपाल २०८० साउन २३ गते ५:१२ मा प्रकाशित

आँखा पाक्ने राेगकाे सङ्क्रमण बढ्दै गएपछि पोखरा महानगरपालिका क्षेत्रका शैक्षिक संस्था भोलि बुधवारदेखि तीन दिनका लागि बन्द हुने भएका छन् ।

आँखा पाक्ने रोगको सङ्क्रमणलाई रोक्न मेयरकाे अध्यक्षतामा सरोकारावालासहितको बैठकले महानगरभित्रका सामुदायिक, संस्थागत, मन्टेस्वरी सम्पूर्ण शैक्षिक संस्था तीन दिन बन्द गर्ने निर्णय गरेकाे हाे । वर्षे/हिउँदे/स्थानीय बिदाबाट कट्टी हुने गरी २४ गतेदेखि २६ गतेसम्म शैक्षिक संस्था बिदा दिने निर्णय भएकाे महानगरकाे शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिनुभयो ।

विद्यार्थीहरूलाई सुरक्षितरूपमा घरमा बस्न र अभिभावकलाई पनि सङ्क्रमणबाट बच्न सूचनामूलक सन्देश सम्प्रेषण गर्न महानगरले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय