अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५
| Colorodo: 10:50
शेयर बजार आज साेमवार पनि घटेको छ । हिजो आइतवार साढे ३८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ अङ्कमा झरेको छ ।
आज अन्य, जलविद्युत्, लगानी र बैंकिङ समूहको शेयर घटेको छ भने अरू समूहको शेयर बढेको छ । सबैभन्दा धेरै छ्याङ्दी हाइड्रोपावरको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशत र गुराँस फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
आज दुई सय ६७ वटा कम्पनीका ६६ लाख ४७ हजार कित्ता शेयर कारोबार भएका छन् । एक लाख एक हजार दुई सय वटा कारोबारमा दुई अर्ब ३३ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको ४३ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।