अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

सांसदहरुलाई आफ्नो भूमिका वृद्धि गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

बिआरटीनेपाल २०८० साउन २२ गते ५:१४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भुमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ । सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरुलाई संसदभित्र आ–आफ्नो भुमिकालाई वृद्धि गर्न निर्देशन दिनुभएको हो । उहाँले अवरुद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरुसँग छलफल गर्ने पनि बताउनुभएको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरुलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रुपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भुमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी गराउनुभयो । दाहालले सभामुखसँग दलको शिर्ष नेताहरुको बैठकपछिको विकसित घटनाक्रमहरुको बारेमा सांसदहरुलाई आवश्यक जानकारी गराइने पनि बताउनुभएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा बताउनुभएको पाण्डेले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय