दैलेखदेखि आएका राउटे समुदायका अगुवाले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेका छन् । मुख्यमन्त्रीलाई भेट्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका उनीहरुले मुख्यमन्त्री पाण्डेसमक्ष राउटे समुदायले भोग्दै आएका समस्याबारे जानकारी गराएका थिए ।राउटे समुदायको गासवासको जोहाका लागि आर्थिक सहायता मागेपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट ५० हजार सहयोग प्रदान गर्नुभएको थियो । सो अवसरमा उहाँले राउटे समुदायको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।
राउटे समुदायका अगुवा लालबहादुर शाहीले सहयोग रकम राउटे जातिको खाना र आवासमा खर्च गरिने बताउनुभयो । उहाँले सातवटै प्रदेश सरकारबाट आर्थिक सङ्कलन गरिने जानकारी दिनुभयो । शाहीले लोपोन्मुख राउटे जातिको गासवाससहित जीवकोपार्जनमा नेपाल सरकारले विशेष सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।
