नेकपा माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । आइतबार बसेको पदाधिकारी बैठकबाट अध्यक्ष पुष्पकमल दाहालले नेताहरुको जिम्मेवारी हेरफेर गर्नुभएको हो ।पार्टी पदाधिकारी बैठकमा गरिएको उक्त प्रस्तावलाई जारी केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिँदै छ । नयाँ जिम्मेवारी अनुसार नेता अग्निप्रसाद सापकोटालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । यस्तै, उपाध्यक्ष कृष्णबहादुर महराले पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी पाउनुभएको छ ।
यसैगरी बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा, मधेश प्रदेश इन्चार्जमा सचिव देवेन्द्र पौडेल, लुम्बिनीमा मातृका यादव, कर्णालीमा चन्द्रप्रकाश खनाल, सुदूरपश्चिममा डिलाराम आचार्य र कोशीमा लिलामणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिइएको छ । त्यस्तै, अर्का उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ ।